वीरगन्ज । पर्सा जिल्ला अदालतले किरण साहलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले साहलाई धरौटीसहित रिहा गर्न आदेश गरेको हो ।
साह पाँच दिनदेखि प्रहरी हिरासतमा थिइन् । धरौटी रकम बुझाएपछि उनी रिहा हुने अदालतले जनाएको छ ।
खानेपानी मन्त्री प्रदीप यादवसँग विवाद भएपछि साहविरुद्ध तीनवटा मुद्दा दर्ता भएका थिए । प्रहरीले विद्युतीय कारोबारसम्बन्धी अपराध, सङ्घीय सांसदलाई ज्यान मार्ने धम्की दिएको तथा झुटा अफवाह फैलाएको अभियोगमा मुद्दा दायर गरेको हो ।

