श्रम अदालतको सदस्यमा कुमारी खरेल नियुक्त

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले श्रम अदालतको सदस्य पदमा अधिवक्ता कुमारी खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले खरेलको नियुक्तिसहितका विभिन्न निर्णयको जानकारी गराए।

यसअघि श्रम अदालतमा रिक्त रहेको सदस्य पद पूर्ति गर्न मन्त्रिपरिषद्ले खरेलको नाम स्वीकृत गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज