भैरहवाका नापी अधिकृत यादवविरुद्ध ५ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवास्थित नापी कार्यालयका अधिकृत सुग्रीव यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार यादवले २८ वर्षको सरकारी सेवाकालमा करिब १४ करोड ८३ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेका छन्, जसमा ९ करोड ३ लाख रुपैयाँ मात्र वैधानिक रूपमा आर्जन भएको देखिएको छ। बाँकी ५ करोड ७९ लाख रुपैयाँको स्रोत स्पष्ट नभएकाले उनीमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

मुद्दामा यादवकी पत्नी गायत्री यादव र छोराहरू सुधांशु यादव र शुभम् यादव समेत प्रतिवादीका रूपमा समावेश गरिएको छ। अख्तियारले उनीहरू सबैलाई गैरकानुनी सम्पत्तिको आर्जन र प्रयोगमा संलग्न भएको आरोप लगाएको हो।

यादवले २०५३ सालमा सरकारी सेवा सुरु गरेका थिए। लामो समयदेखि नापी कार्यालयमा विभिन्न जिम्मेवारी सम्हालेका उनले सेवा अवधिमा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको प्रमाण भेटिएको अख्तियारको दाबी छ।

अख्तियारले यादव र उनका परिवारविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज