काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई निलम्बन गर्दै सरकारले उनीमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको कार्यक्षमता र जिम्मेवारीप्रति प्रश्न उठाउँदै छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको हो ।
पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिका अन्य सदस्यहरूमा कृष्ण गिरी र जीवनप्रकाश सिटौला छन् । छानबिन समिति गठनसँगै ओझा पदमुक्त भएका छन् ।
सरकारले समितिलाई आवश्यक अनुसन्धान गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।