काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले आगामी बिहीबार संसद्मा जवाफ दिने भएका छन् ।
यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए । सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको सार्वजनिक भएपछि करिव ५ घण्टा डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुटेका थिए ।
आफना नेताको पक्राउ बारे मंगलबार प्रतिनिधि सभामा नाउपाका सांसदहरूले सरकारको जवाफ मागेका थिए । सभामुखले रुलिङ गर्नुपर्ने माग गर्दै उनीहरुले संसद् अवरोध गर्न खोजेका थिए ।
त्यसक्रममा सभामुख देवराज घिमिरेले रेशम चौधरीको पक्राउबारे आगामी बिहीबार गृहमन्त्री लेखकले जानकारी दिने बताएका थिए ।