काठमाडौं। सरकारले डा. नारायणदत्त कँडेललाई नयाँ महान्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा चयन गरेको हो ।
महान्यायाधिवक्ताको हैसियतमा उनले अब सरकारलाई आवश्यक कानुनी परामर्श उपलब्ध गराउनुका साथै फौजदारी मुद्दाहरूको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्नेछन् । यसका साथै सरकारवादी हुने सम्पूर्ण मुद्दाहरूको बहस र पैरवीको नेतृत्व गर्ने महत्वपूर्ण जिम्मेवारी समेत उनकै काँधमा आएको छ । डा. कँडेलको यस नियुक्तिसँगै सरकारी कानुनी प्रतिरक्षा र अभियोजनको क्षेत्रमा नयाँ नेतृत्व स्थापित भएको छ ।

