काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले आफ्नो कार्यभार सम्हाल्दै पद बहाली गरेका छन्। आजै बसेको प्रतिनिधिसभाको बैठकबाट निर्विरोध निर्वाचित भएका अर्यालले पद बहाली गर्नुअघि राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्। शपथ ग्रहणलगत्तै उनी आफ्नो कार्यकक्षमा पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्न व्यस्त भएका छन्। यसअघि उनलाई संसद सचिवालयका कर्मचारीहरूले स्वागत गरेका थिए। अर्याल आजै मात्र संसदको गरिमामय पदका लागि सर्वसम्मत चुनिएका हुन्।

