सुदर्शनदेव भट्ट विशेष अदालतको नयाँ अध्यक्ष नियुक्त

काठमाडौं । उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गरिएको छ। सरकारले न्यायपरिषद्को सिफारिस अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकमा भट्टलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

यसै क्रममा विशेष अदालतका चार जना नयाँ सदस्यहरू पनि नियुक्त भएका छन्। नियुक्त न्यायाधीशमा उच्च अदालत वीरगञ्ज इजलासका नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका हेमन्त रावल, जुम्ला इजलासका डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका उमेश कोइराला रहेका छन्।

विशेष अदालतमा अध्यक्ष र सदस्यको नियुक्ति कानुनी व्यवस्था अनुसार न्यायपरिषद्को सिफारिसमा सरकारले गर्ने प्रावधान छ। यसअघि विशेष अदालतको अध्यक्ष रहेका टेकनारायण कुँवर भने उच्च अदालत जनकपुरमा सरुवा भइसकेका छन्।

विशेष अदालतमा हाल रहेका न्यायाधीशहरूको कार्यकाल लगभग दुई वर्ष पुरानो भएको र यस नियुक्तिपछि अदालतको नेतृत्व र संरचनामा नयाँ ढंगले सन्तुलन आउन सक्ने बताइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज