काठमाडौँ । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट ती अदालतका आदेश बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। उच्च अदालत पाटनबाट बैंकिङ कसुर र विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका उनी दुवै आदेश विरुद्ध शुक्रबार सर्वोच्चको ढोका ढकढकाउन पुगेका हुन्।
यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुरतर्फ ४२ करोड १४ लाखभन्दा बढी बिगो कायम गर्दै भट्टलाई असार ५ गते थुनामा पठाउने आदेश दिएको थियो। त्यसैगरी, सम्पत्ति शुद्धीकरणसम्बन्धी करिब २६ अर्ब ६३ करोड रुपैयाँ बिगो दाबी गरिएको अर्को मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले असार ३ गते नै उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
हिमालयन रि–इन्स्योरेन्स लगायतका कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टलाई २०८२ चैत १९ गते पक्राउ गरेको थियो। उक्त प्रकरणमा शंकर ग्रुपका सञ्चालकहरूसहित अन्य केही व्यक्तिहरूलाई समेत प्रतिवादी बनाइएको छ। त

