प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौं । प्रतिनिधिसभाको बैठकले सोमबार २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । काठमाडौंमा बसेको प्रतिनिधिसभाको बैठकले उक्त समितिका लागि प्रस्तावित नामहरूलाई सर्वसम्मतिले स्वीकृत गरेसँगै समितिले पूर्णता पाएको हो ।

नयाँ गठित समितिमा अच्युतम लामिछाने, अफ्साना बानु, आर्यन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल र खुस्वु ओली सदस्यका रूपमा रहेका छन् । त्यसैगरी समितिमा गणेश सिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगा लक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्र कुमार केरुङ र प्रकाश चन्द्र परियारलाई पनि समावेश गरिएको छ ।

संसदीय प्रक्रियालाई व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने यस समितिमा निशा डाँगी, बोध नारायण श्रेष्ठ, मिना कुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिन कुमार आचार्यलाई पनि सदस्य मनोनीत गरिएको छ । सोमबारको बैठकले यी नामहरूलाई अनुमोदन गरेसँगै अब समितिले आफ्नो कार्यभार औपचारिक रूपमा अगाडि बढाउनेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज