कोशी प्रदेशमा आमसञ्चार विधेयक स्थगित, पत्रकारहरूको विरोधपछि कार्यसूचीबाट हटाइयो

विराटनगर । पत्रकार महासंघलगायत विभिन्न सञ्चार संगठनहरूको कडा विरोधपछि कोशी प्रदेशसभाले विवादास्पद आमसञ्चार विधेयकलाई तत्कालका लागि स्थगित गरेको छ। शुक्रबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले उक्त विधेयकलाई बैठकको कार्यसूचीबाट हटाउने निर्णय गरेको हो।

गत भदौ ४ गते न्याय तथा विधायन समितिबाट पारित भएको विधेयक भदौ ६ गते प्रदेशसभामा पेश गरिएको थियो। तर, पत्रकार र सरोकारवालाले यसका केही दफाले प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात गर्ने भन्दै विरोध जनाएपछि विधेयक अघि नबढाउने निर्णय गरिएको हो।

पत्रकार महासंघ र विभिन्न स्थानीय तथा राष्ट्रिय मिडिया संस्थाहरूले उक्त विधेयकका केही प्रावधानले समाचार प्रकाशन र प्रसारणमा अनावश्यक प्रतिबन्ध लगाउने र सरकारी हस्तक्षेप बढाउने आशंका व्यक्त गर्दै निरन्तर दबाब दिइरहेका थिए।

सम्बन्धित समाचार

ताजा न्यूज