मुकुल ढकालको रिट सर्वोच्चबाट अस्वीकार, निर्देशनात्मक आदेश जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले पूर्ववत् जिम्मेवारीमा पुनःस्थापना गराउन सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ।

न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले मंगलबार रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो। यसअघि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको थियो।

ढकालले निर्वाचन आयोगको पत्रको आधारमा रिट दायर गरेका थिए। आयोगले रास्वपामा पदाधिकारी हेरफेरको अद्यावधिक नगरेको अवस्थामा पार्टीले उनलाई कारबाही गरेको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज