महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु, ५ दिनको म्याद थप

काठमाडौं । विवादस्पद व्यक्ति इनम सापकोटासँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

काठमाडौं जिल्ला अदालतले इनम सापकोटाकै म्याद मिलान गर्दै श्रेष्ठलाई ५ दिनको हिरासतमा राख्ने अनुमति दिएको छ। पक्राउ परेका महेश श्रेष्ठ नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन्।

प्रहरीले उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरेको थियो। अदालतले शनिबारदेखि नै लागू हुने गरी ५ दिनको म्याद दिएको छ, जस अनुसार उनी बुधबारसम्म हिरासतमा रहनेछन् र बिहीबार पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउनुपर्नेछ।

अनुसन्धान अधिकारीहरूका अनुसार मुख्य व्यक्ति इनम सापकोटासँग जोडिएर कारोबार गरेको देखिएकाले श्रेष्ठको कसुरलाई पनि सोहीसँग जोडेर अनुसन्धान अघि बढाइएको हो। सापकोटाको हकमा प्रहरीले राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरलाई सम्बद्ध कसुरको रूपमा लिएको छ। स्रोतका अनुसार सापकोटा र श्रेष्ठबीच प्रत्यक्ष कारोबारभन्दा पनि केही चेकका फोटाहरू आदानप्रदान भएको देखिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज