प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद पुरानो र्‍याप भिडियो विरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको एक विवादास्पद पुरानो र्‍याप भिडियो विरुद्ध प्रहरीको साइबर ब्यूरोमा औपचारिक उजुरी दर्ता गरिएको छ। वन राई (बाबु) ले संयुक्त रूपमा सो उजुरी दर्ता गराउनुभएको हो।

सङ्ग्स नेपालु युट्युब च्यानलमा रहेको बालेन भर्सेस लिटिल ग्रिजल (रअ बार्सु शीर्षकको भिडियोमा प्रयोग भएका शब्दहरूले महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यक (GSM) समुदायको अपमान गरेको भन्दै यो कदम चालिएको हो।

उक्त भिडियोमा प्रयोग भएका शब्द र सन्देशले घृणा फैलाउने, हिंसा र बलात्कारलाई सामान्यीकरण गर्ने तथा विशेष समुदायलाई तुच्छ देखाउने प्रकृतिको भएको उजुरीमा उल्लेख छ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक (GSM) समुदायका सक्रिय सदस्यहरू विवेक मगर, रोजी पुन, महिन्द्र सिंह दनुवार र प उजुरीकर्ताहरूले देशको कार्यकारी प्रमुख जस्तो उच्च ओहोदामा रहेको व्यक्तिसँग सम्बन्धित सामग्रीले सामाजिक वातावरण विषाक्त बनाएको र नेपालको संविधान २०७२ द्वारा सुनिश्चित मौलिक हक धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने हक) र धारा १८ (समानताको हक) को उल्लंघन गरेको दाबी गरेका छन्। साथै, उक्त सामग्री विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत सार्वजनिक मर्यादा र सामाजिक सद्भाव विपरीत रहेको भन्दै भिडियो तत्काल हटाउन, सार्वजनिक रूपमा माफी माग्न र उचित क्षतिपूर्तिको माग गरिएको छ।

साइबर ब्यूरोले प्राप्त उजुरीका आधारमा उक्त विवादास्पद भिडियो हटाउने विषयमा पहल गर्ने मौखिक आश्वासन दिएको छ। जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिको विगतका यस्ता सामग्रीहरूको जवाफदेहिता खोज्दै परेको यो उजुरीमाथि अब साइबर ब्यूरोले कस्तो र कत्तिको प्रभावकारी कदम चाल्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ। उजुरीमा भिडियोका विभिन्न समयमा प्रयोग भएका विशेष अपमानजनक शब्दहरूलाई समेत प्रमाणका रूपमा प्रस्तुत गरिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज