रेसम चौधरीलाई पक्राउ गर्न फर्जी पत्र बनाउने शाखा अधिकृत विष्टलाई ६ महिना कैद

काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई लिखत सम्बन्धी कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले ६ महिना कैद सजाय सुनाएको छ । न्यायाधीश खिमानन्द भुसालको इजलासले विष्टलाई कैदका साथै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता एवं पूर्व सांसद रेसम चौधरीलाई पक्राउ गर्न अनधिकृत र गैरकानुनी रूपमा फर्जी पत्र जारी गरेको अभियोगमा उनीमाथि यो कारबाही भएको हो ।

गत वैशाख १७ गते विष्टले जारी गरेको सोही पत्रका आधारमा पार्टी एकीकरण घोषणा कार्यक्रममा सहभागी हुन पुगेका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अदालतमा विचाराधीन विषय टुंगो नलाग्दै चौधरीलाई कैद पठाउन भनी पठाइएको उक्त पत्र फर्जी भएको पुष्टि हुनासाथ चौधरी केही घण्टामै रिहा भएका थिए । सोही घटनालगत्तै पक्राउ परेका विष्टलाई अदालतले दोषी ठहर गरेको हो । सर्वोच्च अदालतले तत्काल अर्को पत्र पठाई चौधरीको रिहाइको बाटो खोलेको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज