न्यायपरिषद्ले ६ जनालाई जिल्ला न्यायाधीशमा गर्याे सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको न्यायपरिषद्ले जिल्ला अदालतमा ६ जना न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ।

मंगलबार बसेको परिषद्को बैठकले ज्येष्ठता र योग्यता आधारमा उनीहरूको नाम सिफारिस गरेको हो। परिषद्का अनुसार सिफारिस भएकामध्ये ४ जना न्याय समूहका, एक जना कानुन समूहका र एक जना सरकारी वकिल समूहका रहेका छन्।

सिफारिस भएकामध्ये काठमाडौंका गोकुलबहादुर निरौला, उपरजिस्ट्रार अरुण कोइराला, स्रेस्तेदार कुलप्रसाद दाहाल, इजलास अधिकृत सूर्यप्रसाद भण्डारी, उपरजिस्ट्रार अनुपमा पन्त र उपसचिव विश्वदीप वेस्रा रहेका छन्।

न्यायपरिषद्ले भनेको छ कि सिफारिस भएको सूची प्रधानन्यायाधीशको स्वीकृतिसँगै औपचारिक नियुक्तिको प्रक्रिया अघि बढाइनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज