रास्वपाका नेता पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति प्रदान गरेको छ।

पाँडेविरुद्ध एक महिलाले इमेल र ह्वाट्सएपमार्फत यौन दुर्व्यवहार गरेको उजुरी दायर गरेकी छिन्। आरोपी पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पनि हुन्।

अदालतको निर्णयअनुसार, अनुसन्धान पूरा नभएसम्म पाँडेलाई नियन्त्रणमा राखिनेछ र अनुसन्धानका क्रममा प्रमाण संकलन तथा अन्य आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज