काठमाडौँ । नेपाल बार एसोसिएसनको तर्फबाट न्यायपरिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको छ ।
आइतबार बसेको समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काको सुनुवाई पछि सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरेको हो ।