व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौँ । उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले मङ्गलबार सो आदेश जारी गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत साउन ७ गते अग्रवाललाई नियन्त्रणमा लिएको थियो। अदालतको यस आदेशसँगै उनीमाथि बैंकिङ कसुरसम्बन्धी कानूनी कारबाही अगाडि बढेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज