शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल हाजिरी जमानीमा रिहा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरामा रहेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि गत शुक्रबार पक्राउ परेका अग्रवाललाई विभागले बोलाएको समयमा उपस्थित हुने गरी आइतबार छाडेको हो ।

यसै प्रकरणमा संलग्न उनका छोरा एवं शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल भने हाल विभागकै हिरासतमा रहेका छन् । शंकरलाल पक्राउ परेपछि फरार रहेका सुलभलाई आइतबार नै नियन्त्रणमा लिइएको थियो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सुलभलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउन अदालतसँग १० दिनको म्याद माग गरिएको छ ।

इन्फिनीटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टको गिरफ्तारीपछि खुलेका शंकास्पद कारोबारका आधारमा शंकर ग्रुपका सञ्चालकहरूमाथि पनि अनुसन्धान सोझिएको हो । जगदम्बा होल्डिङ्सका अध्यक्ष समेत रहेका सुलभ र उनका पिता शंकरलालमाथि विभागले विस्तृत रूपमा छानबिन गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज