बेपत्ता व्यक्तिको मृत्यु घोषणा प्रक्रिया अब झन् छिटो, १२ वर्षको अवधिलाई ४५ दिनमा झार्न अध्यादेश सिफारिस

काठमाडौं । सरकारले विपद् तथा विभिन्न दुर्घटनामा परी बेपत्ता भएका व्यक्तिहरूलाई कानूनी रूपमा मृतक घोषणा गर्ने समयसीमामा भारी कटौती गर्ने भएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विपद्सम्बन्धी कानूनहरू संशोधन गर्दै बेपत्ता भएको १२ वर्ष पुग्नुपर्ने हालको व्यवस्थालाई हटाएर मात्र ४५ दिनमै मृतक घोषणा गर्न सकिने प्रावधानसहितको अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले लामो समयदेखि कायम रहेको १२ वर्षे कानूनी झमेला र पीडित परिवारले भोग्नुपरेको असहजतालाई अन्त्य गर्न समयावधिमा उल्लेख्य परिवर्तन गरिएको जानकारी दिए। उनका अनुसार विपद्का घटनामा बेपत्ता भएका व्यक्तिका परिवारलाई राज्यबाट प्रदान गरिने राहत, क्षतिपूर्ति तथा अन्य कानूनी प्रक्रियामा सहजता ल्याउन र व्यावहारिक कठिनाई हल गर्न उक्त अध्यादेश ल्याउन लागिएको हो। यो अध्यादेश राष्ट्रपतिको कार्यालयबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ, जसले गर्दा बेपत्ता नागरिकका आश्रित परिवारले लामो समय प्रतीक्षा गर्नुपर्ने बाध्यता हट्नेछ।

सम्बन्धित समाचार

ताजा न्यूज