उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गर्ने न्यायपरिषद्को निर्णय

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतमा कार्यरत चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा पदोन्नतिका लागि सिफारिस गरेको छ। परिषद्का अनुसार सर्वोच्च अदालतमा रिक्त पदपूर्तिका लागि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित अन्य उच्च अदालतका मुख्य न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरिएको हो।

सिफारिसमा परेका डा. बागचन्द पोखरा उच्च अदालतका मुख्य न्यायाधीश हुन् भने बाँकी तीन जना पनि विभिन्न उच्च अदालतका मुख्य न्यायाधीशकै जिम्मेवारीमा रहेका छन्। सर्वोच्च अदालतको न्याय सम्पादनलाई सहजीकरण गर्न कानूनबमोजिम न्यायपरिषद्ले उच्च अदालतका अनुभवी मुख्य न्यायाधीशहरूलाई सर्वोच्च अदालतमा सिफारिस गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार

ताजा न्यूज