काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण औपचारिक रूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० र अन्य मन्त्रीहरूको आर्थिक अवस्थाबारे जानकारी दिएको हो।
सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आफ्नो सम्पत्ति विवरण पारदर्शी राख्नुपर्ने कानुनी प्रावधान बमोजिम यो विवरण बाहिर ल्याइएको कार्यालयले जनाएको छ। सार्वजनिक गरिएको विवरणमा प्रधानमन्त्री र मन्त्रीहरूको नाममा रहेको चल–अचल सम्पत्ति, बैंक मौज्दात, सुनचाँदी तथा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको विवरण समावेश छ।

