सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर बजारका चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवाल जिल्ला अदालत काठमाडौँको आदेश अनुसार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार उनकै निवासबाट पक्राउ गरी अदालत पेस गरेको थियो। बुधबार अदालतमा थुनछेक बहस समय अभावका कारण नसकिएपछि उनलाई रातभर प्रहरी हिरासतमा राखिएको थियो।

अदालतमा बिहीबार थुनछेक बहस सकिएलगत्तै काठमाडौँ जिल्ला अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतको आदेशबमोजिम तोकिएको धरौटी रकम बुझाएर उनी आजै रिहा भएको सीआईबीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले पुष्टि गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज