काठमाडौँ । न्याय सेवा आयोगले विभिन्न समूह तथा तहका २३९ जना अधिकृतको सरुवा गर्ने निर्णय गरेको छ । बिहीबार (मङ्सिर १०) बसेको आयोगको बैठकले न्याय सेवाका विभिन्न समूहमा कार्यरत कर्मचारीको जिम्मेवारी र कार्यस्थल हेरफेर गर्ने निर्णय गरेको हो ।
आयोगको निर्णयअनुसार सरुवा हुनेमा दुई सहसचिव, १५ उपसचिव र २२२ अधिकृतस्तरका कर्मचारी रहेका छन् ।
समूहगत रूपमा सरुवा हुनेको विवरण निम्नानुसार छ: न्याय सेवा समूहमा २२ जना, न्याय सेवा कानून समूहमा ६७ जना र न्याय सेवा सरकारी वकिल समूहमा १४८ जना अधिकृतको सरुवा भएको छ ।
यस निर्णयसँगै अदालत, सरकारी वकिल कार्यालय तथा न्याय प्रशासन सम्बद्ध निकायहरूमा कार्यरत अधिकृतहरूको पदस्थापन तथा कार्यक्षेत्रमा फेरबदल भएको छ ।

