त्रिविको एन्टि–प्लेजारिजम नियमविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश, मङ्सिर १४ मा छलफल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लागू गरेको ‘एन्टि–प्लेजारिजम सफ्टवेयर व्यवस्थापन तथा सञ्चालन सम्बन्धी नियम, २०८०’ विरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले बुधबार (९ मङ्सिर २०८३) रिट निवेदक विवेक चौधरीसमेतको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकार तथा त्रिवि लगायतका विपक्षीहरूका नाममा आदेश दिएको हो । साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिँदै अदालतले आगामी मङ्सिर १४ गतेका लागि छलफलको पेसी तोकेको छ ।

एआईसम्बन्धी स्पष्ट कानुन र आधिकारिक मापदण्ड नै नभएको अवस्थामा विदेशी निजी सफ्टवेयर (टर्निटिन, आइथेन्टिकेट) ले देखाउने अनुमानित ‘लाइक्ली एआई–जेनेरेटेड’ प्रतिशतका आधारमा विद्यार्थीका शोधपत्र र क्लिनिकल रिपोर्ट अस्वीकार गर्नु प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको निवेदकहरूको दाबी छ । रिट निवेदनमा सफ्टवेयरले ‘एआई’ भनी देखाएका लिखतहरू अस्वीकार गर्नुअघि विद्यार्थीलाई सफाइ पेस गर्ने न्यूनतम अवसरसमेत नदिई सीधै दण्डित गर्ने गरिएको उल्लेख छ ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज