निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसको कार्यसमिति र विधान अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति र पार्टीको संशोधित विधानलाई औपचारिक रूपमा अद्यावधिक गरेको छ।

आयोगको मंगलबार बसेको बैठकले १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय कार्यसमिति तथा संशोधित विधानको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पार्टीले पेस गरेका आवश्यक कागजात र विवरणहरूको अध्ययनपश्चात् अद्यावधिक गर्ने निर्णय भइसकेको छ।

नेपाली कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन सम्पन्न गरी सभापति थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। राजनीतिक दलसम्बन्धी ऐनबमोजिम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण र पारित राजनीतिक दस्तावेजहरूसहित कांग्रेसले विवरण अद्यावधिकका लागि आयोगमा निवेदन दिएको थियो।

आयोगको यस निर्णयसँगै १५ औं महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिको विवरण आयोगको अभिलेखमा औपचारिक रूपमा दर्ता भएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज