सरकारी सेवाबाट अवकाश पाएका कर्मचारीलाई वकालत गर्न दुई वर्षे ‘कुलिङ अफ पिरियड’ लागू

काठमाण्डौं । नेपाल कानून व्यवसायी परिषद्ले सरकारी सेवाबाट अवकाश पाएका पदाधिकारी तथा कर्मचारीले सेवा निवृत्त भएको दुई वर्षपछि मात्रै कानून व्यवसायमा प्रवेश गर्न पाउने गरी ‘कुलिङ अफ पिरियड’ लागू गरेको छ। सरकारी सेवाबाट अवकाश पाएलगत्तै प्रमाणपत्र अद्यावधिक गरी कानून व्यवसायमा आउँदा स्वार्थको द्वन्द्व उत्पन्न हुने र निष्पक्षतामाथि समेत प्रश्न उठ्न थालेपछि परिषद्ले यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

परिषद्का सचिव श्रीराम खनालद्वारा मंसिर ८ गते प्रकाशित सूचनाअनुसार परिषद्को मंसिर १ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। उक्त निर्णय कार्यान्वयन गर्न परिषद्ले आफ्नो आन्तरिक कार्य व्यवस्था सञ्चालन नियमावली, २०५५ को नियम १३ मा संशोधन गरेको छ।

संशोधित व्यवस्थाअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको सेवामा स्थायी नियुक्ति पाई कार्यरत रहेका निजामती कर्मचारी, न्यायाधीश वा न्याय सम्पादनको कार्यमा संलग्न व्यक्तिहरूले सेवा अवधि समाप्त भएको दुई वर्षपछि मात्र प्रमाणपत्र अद्यावधिकका लागि निवेदन दिन पाउनेछन्। यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनामा कार्यरत व्यक्तिहरूका हकमा पनि यही नियम लागू हुनेछ। परिषद्ले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट पारिश्रमिक लिने विद्यालयका स्थायी शिक्षक तथा अन्य कर्मचारीलाई समेत सेवा निवृत्त भएको दुई वर्षपछि मात्रै वकालत गर्न पाउने व्यवस्था गरेको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज