खगेन्द्र सुनारविरुद्धको साइबर मुद्दामा हराएका प्रमाणको साटो नयाँ अडियो प्रमाणीकरणको आदेश

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला अदालतमा विचाराधीन विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरसम्बन्धी मुद्दामा निवेदक पक्षले पुनः पेस गरेका प्रमाण प्रमाणीकरणको आदेश भएको छ। खगेन्द्र सुनार समेत प्रतिवादी रहेको उक्त मुद्दामा अदालतबाट अघिल्ला प्रमाण हराएपछि पुनः पेस गरिएका अडियो तथा अन्य प्रमाण प्रमाणीकरणका लागि आदेश दिइएको हो।

मनिषा गौतमको जाहेरीले नेपाल सरकार वादी र खगेन्द्र सुनार समेत प्रतिवादी रहेको मुद्दा नम्बर ०८२–सी१–०००२ मा जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासबाट २०८३ मङ्सिर ९ गते आदेश भएको छ। आदेशमा जाहेरवालाको २०८३ असोज १५ गतेको निवेदनसहित जिल्ला सरकारी वकिल कार्यालयको २०८३ असोज २० गतेको पत्रको जानकारी प्रतिवादीलाई गराई नियमानुसार पेस गर्न भनिएको छ।

अदालतमा पेस भएका अघिल्ला प्रमाण हराएपछि पुनः पेस गरिएका अडियो तथा अन्य प्रमाण प्रमाणीकरण प्रक्रियामा गएसँगै निवेदक पक्षको मुद्दा थप बलियो बनेको देखिन्छ। पेस भएका प्रमाणको सही मूल्याङ्कन भई सत्य न्याय निरूपण हुने तथा सत्यको पक्षमा न्यायालय अडिग रहने विश्वास व्यक्त गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज