काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दाको नियमित तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन्। काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी प्रकरणमा मुद्दा चलाइएका उनी कानूनी प्रक्रिया अनुसार आफ्नो तारेख लिन अदालत पुगेका हुन्।
उक्त सहकारी ठगी अभियोगमा मुद्दा दर्ता भएपछि उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका थिए। अदालतको आदेश अनुसार धरौटीमा छुटेका लामिछानेले नियमित रूपमा उपस्थित भएर तारेख बुझ्दै आएका छन्। सोही प्रक्रियाको निरन्तरता स्वरूप उनी पुनः अदालत उपस्थित भएका हुन्।
अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले उनी यसअघि पनि निर्धारण गरिएको तालिका अनुसार पटक-पटक स्वयं उपस्थित भएर कानूनी दायरा अनुसार तारेख लिँदै आएका थिए।

