ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’ मा 

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा परेको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा आइतबार दिउँसोदेखि उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ सुरू भएको थियो। आजको इजलासमा निवेदक ओली र लेखकको तर्फबाट कानून व्यवसायीहरूले बहस गरे पनि समय अभावका कारण बहस नसकिएकाले मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो।

गत भदौ २३ र २४ गते भएको घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले बुझाएको सिफारिस अनुसार प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वमन्त्री लेखकलाई चैत १४ गते बिहान पक्राउ गरेको थियो। उनीहरू दुवैमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजनको प्रक्रिया अघि बढाएको छ। सोही पक्राउको कानूनी वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिटमाथि अब अर्को दिन पुनः सुनुवाइ हुनेछ।

सम्बन्धित समाचार

ताजा न्यूज