काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार चैत १४ गते पक्राउ परेका दुवै नेताले आफ्नो पक्राउ गैरकानूनी रहेको दाबी गर्दै चैत १५ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।
यसअघि चैत १६ गते भएको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारका नाममा जारी गरेको ‘कारण देखाउ’ आदेशको लिखित जवाफ प्राप्त भइसकेकाले आजका लागि दुवै रिट पेसीमा चढ्ने निश्चित भएको हो । विपक्षीका तर्फबाट जवाफ आएसँगै मुद्दाका सबै प्रक्रिया पुगिसकेकाले आज दुवै पक्षका कानुन व्यवसायीबीच बहस हुने र अदालतले पक्राउको वैधानिकताका सम्बन्धमा आवश्यक फैसला वा आदेश दिने अपेक्षा गरिएको छ ।

