काठमाडौं । टिकटक भिडियोमार्फत साइबर अपराध गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई काठमाडौं जिल्ला अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बुधबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। बस्नेतलाई केन्द्रीय साइबर ब्यूरोले विद्युतिय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि भक्तपुरबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार, उनले सामाजिक सञ्जाल टिकटक प्रयोग गरेर आपत्तिजनक सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ गरिएकी हुन्। अनुसन्धान जारी रहे पनि उनलाई धरौटीमा रिहा गरिएको ब्यूरोले जनाएको छ।