काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात वटा उजुरी परेका छन्।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध दुई, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलविरुद्ध दुई र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापाविरुद्ध एक उजुरी परेको संसदीय सुनुवाइ समितिले जनाएको छ। बाँकी दुई उजुरी प्रक्रियासम्बन्धी छन्। उजुरीकर्ताहरूलाई समितिले आजै छलफलका लागि बोलाएको छ।
सुनुवाइका लागि बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले तीनैजनालाई आइतबार उपस्थित हुन बोलाएको छ।
न्याय परिषदले जेठ २७ गते पोखरेल, पौडेल र थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।