काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत पुगेका छन्। पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेपछि उनी आफैँ हाजिर हुन अदालत पुगेका हुन् ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियारले गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

