प्रतिपक्षीले अडान नछोड्ने सत्तपक्ष पेलेरै जाने नीतिले संसद बैठक बन्धक, गृहमन्त्रीको राजीनामा बटमलाईन

काठमाडौँ। प्रतिपक्षीले अडान नछोड्ने सत्तपक्ष पेलेरै जाने नीतिले संसद बैठक बन्धक भइरहेको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा नै अन्तिम बटम भन्दै कडा रुपमा उभिएका प्रतिपक्षीले बजेट ल्याउन दिएपछि त्यस अघि र पछिका वैठक भने चल्न दिएका छैनन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई जोडेर राजीनामा माग्दै आएका प्रतिपक्षीले अहिलेसम्मका गृहमन्त्रीको काम र भिजिट भिसाको छानविन गर्नुपर्ने माग चर्को बनाइरहेका छन् ।

विपक्षिको विरोध गर्ने भएपनि सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक कुनै सहमति विना नै आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची पनि छ ।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन

सम्बन्धित समाचार

ताजा न्यूज