काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको हो।
न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार सुनाएको आदेशअनुसार मिश्रलाई कानुन व्यवसायीको रोहबरमा छाड्न आदेश गरिएको हो।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजसंस्थाको समर्थनमा आयोजित प्रदर्शनमा हिंसा भड्किएको आरोपमा मिश्रलाई प्रहरीले सोही दिन साँझ पक्राउ गरेको थियो। उनलाई “राज्यविरुद्धको कसुर”, “संगठित अपराध” र “अपराधिक उपद्रव” मा अनुसन्धान गरिँदै आएको थियो। प्रहरीले आठ पटक म्याद थप गरेर मिश्रलाई हिरासतमा राखेको थियो।