काठमाडौं । काठमाडौं स्कूल अफ ल का विद्यार्थीहरूले लुम्बिनी बुद्ध विश्वविद्यालयद्वारा आयोजना गरिएको प्रथम राष्ट्रिय मूट कोर्ट प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा B.A. LL.B.तेस्रो र चौथो वर्षका विद्यार्थीहरूको टिमले सहभागिता जनाएका थिए। उनीहरूले देशभरका प्रतिष्ठित विधि कलेजका टिमहरूसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। विधि क्षेत्रमा देखाएको लगनशीलता, मेहनत, र टोली भावना यस जितको मूल आधार रहेको काठमाडौं स्कूल अफ ल ले जनाएको छ।
विद्यालयले विजयी टिमलाई बधाई ज्ञापन गर्दै प्रतियोगिताको तयारीमा साथ दिने सम्पूर्ण शिक्षकहरूप्रति आभार प्रकट गरेको छ। उनीहरूको मार्गदर्शनले नै विद्यार्थीहरूलाई सफलतामा पुर्याएको विद्यालयको भनाइ छ।
“हाम्रो विद्यार्थीहरूले देखाएको समर्पण र क्षमताले हामीलाई गर्वित बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै उत्कृष्टता देखाउने विश्वास लिएको छ,” काठमाडौं स्कूल अफ ल ले जनाएको छ।