स्थानीय तहलाई कम्पनी दर्ता र शेयर खरिद गर्न बाटो खुल्यो

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई आफ्नै कम्पनी दर्ता गर्न र शेयर खरिद गर्न पाउने गरी नयाँ व्यवस्था गरेको छ। विभिन्न स्थानीय तहबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी संस्थापना र शेयर लगानीका लागि अनुरोध आएपछि कार्यालयले २०८३ वैशाख २५ गते यस्तो निर्णय गरेको हो।

कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रचलित कानून बमोजिमका निश्चित सर्तहरू पूरा गरेर स्थानीय तहले कम्पनी दर्ता गर्ने र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बेहोरा सार्वजनिक गरेको छ।

नयाँ व्यवस्था अनुसार स्थानीय तहले यस विषयमा सुरुमा आफ्नै कानून बनाएर निर्णय गर्नुपर्ने सर्त राखिएको छ। साथै, त्यस्तो कम्पनी दर्ता र शेयर खरिदको प्रक्रिया कम्पनी ऐन २०६३ र अन्य सम्बन्धित प्रचलित कानूनहरू बमोजिम हुनुपर्ने कार्यालयले जनाएको छ। स्थानीय तहलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउन र विकास निर्माणका काममा साझेदारी बढाउन यो निर्णयले महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ। यसअघि स्थानीय तहले कम्पनी दर्ता गर्न पाउने कि नपाउने भन्नेमा रहेको अन्योललाई यस सूचनाले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज