बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकर लाल अग्रवाल डिल्लीबजारबाट पक्राउ

काठमाडौँ । व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष तथा व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार उनी बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। सीआईबीको टोलीले उनलाई बुधबार काठमाडौँको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोगसम्बन्धी मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। सोही विचाराधीन मुद्दा र कानुनी प्रक्रियाका लागि अग्रवाललाई उच्च अदालत पाटनमा उपस्थित गराउने तयारी गरिएको सीआईबीले जनाएको छ। यसअघि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि पक्राउ परेका थिए र पछि रिहा भएका थिए। हाल बैंकिङ कसुरमा पुनः पक्राउ गरेसँगै उनीमाथि अदालतको आदेशअनुसार थप कानुनी प्रक्रिया अघि बढाइने भएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज