मन्त्रिपरिषद्को वरीयता हेरफेर, कानूनमन्त्री गौतम तेस्रो स्थानमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मर्यादाक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट उक्लिएर तेस्रो स्थानमा पुगेकी छन्।

गौतमको वरीयता चार स्थानले बढेपछि दोस्रो स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत् रहँदा गौतमभन्दा माथि रहेका तीन मन्त्री एक–एक स्थान तल झरेका छन्। यसअनुसार यसअघि तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, चौथोमा रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, पाँचौँमा रहेका गृहमन्त्री सुधन गुरुङ छैटौँ र छैटौँमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा पुगेका छन्।

नयाँ मर्यादाक्रमअनुसार आठौँदेखि पन्ध्रौँ स्थानसम्मका मन्त्रीहरूको वरीयतामा कुनै हेरफेर गरिएको छैन। महावीर पुन आठौँ, सीता वादी नवौँ, प्रतिभा रावल दसौँ, निशा मेहता ११औँ, सस्मित पोखरेल १२औँ, खडक राज पौडेल १३औँ, डा. विक्रम तिमिल्सिना १४औँ र गीता चौधरी १५औँ स्थानमा यथावत् छन्। त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारीमा रहेका दीपक कुमार साह १६औँ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव १७औँ स्थानमा छन्।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज