वैदेशिक रोजगारीका नाममा अवैध रकम संकलन प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौँ । मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। अर्याल पक्राउ परेको पुष्टि गृह मन्त्रालय स्रोतले गरेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार अर्यालको गिरफ्तारी सत्य भए पनि उनी कहाँबाट पक्राउ परे भन्ने विषय खुलिसकेको छैन र यसबारे थप विवरण पछि सार्वजनिक गरिनेछ।

यसै प्रकरणमा यसअघि तत्कालीन मन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूमाथि ठगी र सङ्गठित अपराधको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान जारी राखेको छ।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज