काठमाडौँ । कारागार कार्यालयमा रहेका व्यवसायी दीपक भट्टद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका प्रधानन्यायाधीशको इजलासमा सुनुवाइका लागि पेस भएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जनाएको छ।
बिचौलियाको पृष्ठभूमि रहेको आरोप खेप्दै आउनुभएका भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण, विदेशी विनिमय अपचलन तथा गम्भीर प्रकृतिका बैंकिङ कसूरसम्बन्धी मुद्दाहरू अहिले अदालतमा विचाराधीन अवस्थामा रहेका छन्।
अदालतको आदेशानुसार कारागार चलान हुनुभएका भट्टलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनका पिता चतुर्भुज भट्टले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थियो।

