भागेका थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर प्रहरी जवानको मृत्यु

दार्चुला । प्रहरी हिरासतमा रहेका एकजना थुनुवा भागेपछि उनलाई पक्रिन जाँदा जिल्ला प्रहरी कार्यालय दार्चुला कार्यरत प्रहरी जवान सुवान चौधरीको भीरबाट लडेर मृत्यु भएको छ ।

प्रहरी कार्यालयका अनुसार जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका महाकाली नगरपालिका १ का २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजाने क्रममा हतकडीसहित भागेपछि उनलाई पक्रन लखेट्दै गर्दा चौधरी भिरबाट लडेका थिए ।

भीरबाट लडेर गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

भागेका कुँवर महाकाली नदीमा पौडी खेलेर भारततिर पुगेका थिए । उनलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जबर्जस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि प्रहरीले कुँवरलाई २१ फागुनमा पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज