उच्च अदालतका तीन र जिल्लाका १५ न्यायाधीशको सरुवा सिफारिस

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले उच्च अदालतका तीन र जिल्ला अदालतका १५ गरी १८ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ। बैठकले उच्च अदालतमा कार्यरत न्यायाधीशहरूसँगै जिल्ला न्यायाधीशहरूको सरुवा तथा केही न्यायाधीशहरूको काज सरुवाको सिफारिस गरेको हो।

परिषद्को निर्णयअनुसार उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र रितेन्द्र थापालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा सरुवा सिफारिस गरिएको छ। त्यसैगरी, उच्च अदालत विराटनगरकै अर्का न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुरमा सरुवा गर्न सिफारिस गरिएको छ।

यसैगरी, न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पाटनमा काज सरुवा गरिएको छ भने गोकर्ण डाँगी, शकुन्तला घिमिरे र अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काज सरुवा सिफारिस गरिएको छ। जिल्ला अदालततर्फ किशोर घिमिरे, दीपक ढकाल, सन्तोषप्रसाद पराजुलीसहित १५ जना न्यायाधीशको सरुवा सिफारिस भएको छ।

 

सम्बन्धित समाचार

ताजा न्यूज