बागमतीका मुख्यमन्त्री थापाद्वारा शपथ ग्रहण

काठमाडौँ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

संविधानले निर्दिष्ट गरेको दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने कानुनी प्रावधानअनुरूप थापा कुल ६३ जना प्रदेश सभा सदस्यको समर्थन जुटाएर मुख्यमन्त्री बनेका हुन्। नयाँ सरकार गठनका लागि उनलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) का २५, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ जना प्रदेश सभा सदस्यले समर्थन गरेका छन्। यस संवैधानिक प्रक्रियाको पूर्णतासँगै बागमती प्रदेशमा तीन दल सम्मिलित नयाँ गठबन्धनको सरकार विधिवत् रूपमा अघि बढेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज