आनी छोइङ डोल्माको नियुक्ति विवादमा अन्तरिम आदेशबारे आगामी सोमबार छलफल हुने

काठमाडौँ । गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतले आगामी सोमबार (मङ्सिर १४ गते) छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।

बुधबार (मङ्सिर ९ गते) सर्वोच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशको विषयमा दुवै पक्षको बहस सुनेर मात्र निष्कर्षमा पुग्न उपयुक्त हुने ठहर गरेको हो। सोहीअनुसार अदालतले निवेदक र विपक्षी दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश जारी गरेको छ।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा डोल्माको नियुक्ति गैरकानूनी तथा विधि र प्रक्रियाविपरीत रहेको दाबी गर्दै सफलता बोगटी लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। निवेदकहरूले नागरिकतासम्बन्धी विवादमा परेकी तथा सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेकी व्यक्तिलाई सरकारले कोषको उपाध्यक्ष पदमा नियुक्त गर्नु प्रचलित कानूनविपरीत भएको जिकिर रिटमा गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्:

सम्बन्धित समाचार

ताजा न्यूज