सर्वोच्चको इजलासमै हुलहुज्जत गरेपछि ‘लालीबजार’ विरुद्ध रिट हाल्ने रोसनी वादी पक्राउ

काठमाडौँ। चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी अभियन्ता रोसनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा सो रिटमाथि पेसी तोकिएको थियो। उक्त रिटको सुनुवाइ सकिसकेको अवस्थामा इजलासभित्रै हुलहुज्जत र अमर्यादित व्यवहार देखाउन खोजेपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन्।

अदालत प्रशासनका अनुसार इजलासमा अवरोध र हुलहुज्जत गरेपछि उनलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा बुझाइएको छ। वादी समुदायलाई गलत चित्रण गरिएको दाबीसहित फिल्म प्रदर्शन रोक्न कानूनी लडाइँ लडिरहेकी रोसनीको मुद्दामा बुधबारको सुनुवाइ सम्पन्न भइसकेको छ। सुनुवाइको क्रममा वा सो लगत्तै उनले इजलासमा प्रदर्शन गरेपछि प्रहरीले एक्सन लिएको हो। हाल उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको र घटनाबारे थप बुझ्ने काम भइरहेको जानकारी दिइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज