इनम सापकोटाको पक्राउ कानूनसम्मत भएको सर्वोच्चको ठहर

काठमाडौं । राज्यका अति संवेदनशील एवं महत्त्वपूर्ण सूचना बाहिर ल्याएको आरोपमा पक्राउ परेका इनम सापकोटाको थुना प्रक्रियालाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर गरेको छ। सापकोटालाई गैरकानूनी रूपमा नियन्त्रणमा लिइएको दाबी गर्दै उनकी पत्नी कविता पाण्डेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनलाई सर्वोच्च अदालतले खारेज गरिदिएको हो।

न्यायाधीशद्वय हरि फुयाल र सुनिल पोखरेलको संयुक्त इजलासले उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै प्रहरीको पक्राउ तथा अनुसन्धान प्रक्रिया कानून बमोजिम नै रहेको निष्कर्ष निकालेको हो। अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएसँगै सापकोटाले थुनामै रहेर कानूनी अनुसन्धानको सामना गर्नुपर्ने भएको छ।

राज्यको गोपनीयता र संवेदनशील सूचना चुहावट गरेको अभियोगमा नियन्त्रणमा लिइएका सापकोटाविरुद्ध हाल प्रहरीले अभद्र व्यवहारको कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउँदै आएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज