सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन्। उनले दिएको करिब ५ लाख रुपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले दिएको उजुरीका आधारमा दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शाहीलाई हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। घटनाको थप अनुसन्धानका लागि अदालतबाट म्याद समेत थप भइसकेको प्रहरीले जनाएको छ। स्थानीयको उजुरी र चेक बाउन्सको प्रमाणका आधारमा प्रहरीले कानूनी प्रक्रिया अघि बढाएको हो।

